अन्तर्राष्ट्रिय

भारतमा २४ घण्टामा थपिए साढे ६४ हजार संक्रमित

भारतमा साढे ६४ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ६४ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको हो ।  

सोही अवधिमा भारतमा १ हजार ९२ संक्रमितको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  

भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमितको संख्या २७ लाख ६७ हजार २७४ पुगेको छ ।  

तीमध्ये अहिले पनि ६ लाख ७६ हजार ५१४ जना ासंक्रमित अवस्थामै  छन् । अन्य २० लाख ३७ हजार ८७१ जना भने कोरोनाबाट मुक्त भइसकेका छन् ।  

भारतमा कोरोना संक्रमणकै कारण ५२ हजार ८८९ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयले अहिलेसम्म देशभरी ३ करोड १७ लाख ४२ हजार ७८२ जनाको कोरोना परीक्षण गरिएको जनाएको छ। एएनआई

प्रकाशित: ३ भाद्र २०७७ ११:०२ बुधबार

भारत