अन्तर्राष्ट्रिय

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर, फोक्सोमा फैलियो कोरोना

फाइल तस्बिर : प्रणव मुखर्जी

कोरोना भाइरसको संक्रमणका कारण भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था चिन्ताजनक भएको छ ।  

सैनिक अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार उनको फोक्सोमै संक्रमण फैलिएको छ । जसले गर्दा उनको स्थिति खराब भएको हो । अहिले उनलाई भेन्टिलेटरमा राखेर चिकित्सकले निगरानी गरिरहेका छन् ।  

बिबिसी हिन्दीका अनुसार कोरोना संक्रमणका कारण उनको अवस्था गम्भीर भएपछि उनलाई सैनिक अस्पतालमा भर्ना गरिएको हो ।  

प्रकाशित: ३ भाद्र २०७७ ०८:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App