अन्तर्राष्ट्रिय

भारतकाे उत्तर प्रदेशमा कोरोना संक्रमणबाट अर्का मन्त्रीको निधन

चेतन चौहान

कोरोना संक्रमणका कारण उत्तर प्रदेशका गृह रक्षामन्त्री चेतन चौहानको निधन भएको छ ।  

पूर्व क्रिकेटरसमेत रहेका उनको मृत्यु भएको पुष्टि उनका भाइ पुष्पेनद्र चौहानले गरेको समाचार एजेन्सी पिटआईले जनाएको छ ।  

गुरुग्रामस्थित मेदान्ता अस्पतालमा उपचारका क्रममा ७२ वर्षीय मन्त्री चौहानको निधन भएको हो । उनमा गत जुलाई १९ मा कोरोना संक्रमण भउको पुष्टि भएको थियो ।  

चेतन चौहान उत्तर प्रदेशको अमरोहाबाट दुईपटक लोकसभा सदस्य बनेका थिए । कोरोना संक्रमणबाट यो दोस्रो मन्त्रीको मृत्यु भएको हो । यसअघि कोरोना संक्रमणकै कारण मन्त्री कमला रानी वरुणको निधन भएको थियो ।  बिबिसी हिन्दी

प्रकाशित: ३२ श्रावण २०७७ १२:३६ आइतबार

भारत मन्त्री