कोरोनाबाट संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर भएको छ । अहिले उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको बिबिसीले जनाएको छ ।
पूर्वराष्ट्रपति मुखर्जीले सोमबार आफूलाई कोरोना संक्रमण भएको भनेर ट्विटरमार्फत जानकारी दिएका थिए । त्यसको भोलिपल्ट मंगलबार सघन उपचार कक्षमा सारेर भेन्टिलेटरमा राखिएको हो । उनी सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति थिए। उनी ८४ वर्षका भए।
अस्पतालले उनको अवस्था गम्भीर रहेको र आगामी केही घण्टा महत्त्वपूर्ण हुने बताएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रकाशित: २७ श्रावण २०७७ १०:३९ मंगलबार