अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति भवन अगाडि गोली चल्यो

अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस अगाडि गोली चलेको छ। राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग कुरा गरिरहेको समयमा व्हाइट हाउस अगाडि गोली चलेको हो। पत्रकारहरुसँग कुरा गरिरहँदा सुरक्षाकर्मीले ट्रम्पलाई घटना भएको बताएका थिए।  

त्यस लगत्तै पत्रकार भेटघाट छोडेर ट्रम्प भित्र गएका थिए। त्यसको ९ मिनेट पछि बाहिर आएका ट्रम्पले स्थिति नियन्त्रणमा रहेको बताएका थिए। अमेरिकी सेक्रेट सर्भिसका अधिकारीहरुले हतियारधारीमाथि गोली चलाएको ट्रम्पले बताएका छन्। उनका अनुसार कसैलाई अस्पताल गलिएको छ।

उनले यो असामान्य स्थिति भए पनि सेक्रेट सर्भिसको काम गर्ने तरिकाको प्रसंशा गरेका छन्। उनले अस्पताल गलिएका व्यक्तिको अवस्थाबारे जानकारी नभएको बताएका छन्।

ट्रम्पका अनुसार ह्वाइट हाउस बाहिर फेन्सिङ्ग स्थानमा गोली चलेको थियो। त्यहाँबाट वित्तमन्त्री र अर्का एक अधिकारीलाई सुरक्षित स्थानमा लगिएको थियो। दुनिया सधैं एक खतरनाक स्थानमा रहिरहेको र  यो कुनै अनौठो कुरा नभएको ट्रम्पले बताएका छन्।  

 

 

 

प्रकाशित: २७ श्रावण २०७७ ०५:०६ मंगलबार