अन्तर्राष्ट्रिय

बेरुतमा विस्फोट भएको अमोनियम नाइट्रेट के हो ?

बुधबार लेबननको राजधानी बेरुतमा ठूलो विस्फोट भयो। अधिकारीहरुका अनुसार उक्त विस्फोट बेरुतको तटिय क्षेत्रमा भण्डारण गरेर राखिएको अमोनियम नाइट्रेटका कारण भएको हो। विस्फोटमा १३५ जनाको मृत्यु भएको छ भने ५ हजार भन्दा बढी घाइते भएका छन्। सयौं मानिसहरु हराइरहेका छन्।

बेरुतमा यति ठूलो विस्फोट गराउने अमोनियम नाइट्रेट के हो भन्ने धेरैमा जिज्ञासा छ। अमोनियम एक गन्धहिन केमिकल हो। जसलाई विभिन्न कामका लागि प्रयोग गर्ने गरिन्छ।  

यसलाई कृषि उत्पादनमा समेत प्रयोग गरिन्छ। खासगरी कृषि र निर्माण कार्यमा गर्नुपर्ने विस्फोटमा यसको प्रयोग हुन्छ।

यो अत्यन्त विस्फोटक केमिकल हो। तर यो केमिकल आफैमा विस्फोट हुँदैन। यसमा आगो लागेपछि विस्फोट हुने गर्छ र त्यसपछि खतरनाक ग्याँस निस्कन थाल्छ। जसमा नाइट्रोजन अक्साइड र अमोनिया हुने गर्छ। अमोनियम नाइट्रेट भण्डारण गर्ने पनि एउटा मापदण्ड बनाइएको हुन्छ। उक्त मापदण्डमा स्टोर फायरप्रुफ हुनुपर्छ। त्यहाँ कुनै नाला, पाइप या खाली भाँडा हुनुहुँदैन, जसमा अमोनियम नाइट्रेट जम्मा हुन नसकोस्।

सन् २०१३ मा अमेरिकाको टेक्ससमा एक फर्टिलाइजर प्लान्टमा विस्फोट हुँदा १५ जनाको मृत्यु भएको थियो। २००१ मा फ्रान्सको केमिकल प्लान्टमा विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको थियो।

१९९५ मा अमेरिकाको ओकलाहोमामा विस्फोट भएको बममा पनि अमोनियम नाइट्रेट पाइएको थियो।

 

 

प्रकाशित: २२ श्रावण २०७७ ०६:०८ बिहीबार

लेबनन