हङकहङमा कोरोना महामारीको तेस्रो लहर सुरु हुन थालेको आशंका गरिएको छ ।
बुधबार त्यहाँ थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये तीन संक्रमित स्थानीय हुन् । उनीहरू समुदायस्तरको संक्रमणको सिकार भएको बताइएको छ ।
पछिल्लो समय हङकङमा कोरोना संक्रमित हुने क्रम बढ्न थालेपछि त्यहाँको प्रशासन त्रसित भएको छ । त्यहाँ कोरोना महामारीको तेस्रो लहर सुरु हुन थालेको आशंका गरिएको हो ।
अहिलेसम्म हङकङमा ३७ सय मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् भने तीमध्ये ४२ जनाको मृत्यु भएको छ ।
प्रकाशित: २१ श्रावण २०७७ १२:१० बुधबार