अन्तर्राष्ट्रिय

भारतका गृहमन्त्रीलाई कोरोना संक्रमण, भए अस्पताल भर्ना

अमित शाह

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण भएको छ । 

आइतबार अपराह्न उनी आफैंले ट्विट गरेर आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।  

चिकित्सकको सल्लाहअनुसार अहिले आफू अस्पताल भर्ना भएकाे उनले बताएका छन् ।  

साथै गृहमन्त्री शाहले केही दिनअघि आफ्नो सम्पर्कमा आएकाहरूलाई कोरोना परीक्षण गराउन पनि ट्विटमार्फत आग्रह गरेका छन् ।  

प्रकाशित: १८ श्रावण २०७७ १२:०५ आइतबार

भारत अमित शाह