अन्तर्राष्ट्रिय

भारतमा कोभिड–१९ संक्रमितको संख्या १३ लाख ३६ हजार

भारतमा विगत २४ घण्टामा ४८ हजार ९१६ व्यक्ति  संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी गराएको छ । यससँगै भारतमा कोभिड–१९  संक्रमितको संख्या १३ लाख ३६ हजार ८६१ पुगेको छ ।

उक्त अवधिमा थप ७५७  संक्रमित व्यक्तिको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ३१ हजार ३५८ कारोना भाइरस  संक्रमितको मृत्यु भइसकेको छ ।

भारत  संक्रमणका दृष्टिकोणबाट विश्वको तेस्रो स्थानमा रहेको छ तर भारतमा अधिकांश विरामी निको भई घर फर्किइसकेका छन् ।

शनिबारसम्ममा चार लाख ५८ हजार २०५ व्यक्ति कोभिड–१९ बाट अझै पनि संक्रमित रहेका छन् । 

प्रकाशित: १० श्रावण २०७७ १३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App