अन्तर्राष्ट्रिय

जापानमा कोभिड–१९ बाट थप संक्रमित हुनेको सङ्ख्या ९२० पुग्यो

जापानमा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या ९२० पुगेको र बिहीबारसम्म जापानमा कूल २८ हजार १९० जना संक्रमित भएको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय सरकारहरूले जानकारी गराएका छन् ।

जापानमा दैनिक संक्रमित हुने कोभिड–१९ विरामीको सङ्ख्या पहिलोपटक ९०० भन्दा माथि पुगेको सरकारी अधिकारीले बताएका छन् । जापानका विभिन्न छ क्षेत्रमा पछिल्ला केही दिनदेखि संक्रमण दर बढ्दो अवस्थामा रहेको छ ।

यस पहिले डाउमण्ड प्रिन्सेस नामक पानी जहाजमा ७१२ जना संक्रमित भेटिएबाहेक एकै दिन यति ठूलो संख्यामा संक्रमित भेटिएको पहिलो पटक हो । पछिल्लो २४ घण्टामा टोकियो महानगर प्रशासनले ३६६ थप संक्रमित भएको जनाएको छ । टोकियोमा पनि एकै दिन तीन सयभन्दा बढी व्यक्ति संक्रमित भेटिएको यो नै पहिलो पटक हो ।  

टोकियोमा अहिलेसम्म १० हजार ४२० जना कोभिड–१९ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा टोकियोपछि धेरै संक्रमित हुने ओसाका क्षेत्रमा १०४ र टाकियोका छिमेकी क्षेत्रहरू कानागावा, साइतामा र चाइबामा क्रमशः ५३, ६४ र ३३ थप व्यक्ति संक्रमित भेटिएका छन् ।

जापानमा बिहीबारसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार चार पुगेको बताइएको छ । यसमध्ये १३ जना डायमण्ड प्रिन्सेस पानी जहाजमा संक्रमणपछि मृत्यु भएका थिए ।

जापानको स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा बिहीबारसम्ममा ५५ जना जटिल खालका संक्रमित रहेका छन् भने अहिलेसम्म २१ हजार ३१० व्यक्ति निको भई घर फर्किएका छन् ।

प्रकाशित: ८ श्रावण २०७७ १३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App