अन्तर्राष्ट्रिय

विश्वमा कोरोना भाइरस सक्रमितको संख्या एक करोड ५३ लाख नाघ्यो

विश्वमा बिहीबारसम्म एक करोड ५३ लाख ८२ हजार ४६९ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन्।कोरोना भाइरस संक्रमणको कारण विश्वभरी छ लाख ३० हजार ३६९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार जानकारी दिएको छ।  

संक्रमितमध्ये हालसम्म ९३ लाख ५६ हजार ३५४ व्यक्ति कोरोना मुक्त भएका छन्। विश्वभरमा ५३ लाख ९५ हजार  ७४६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ। संक्रमितमध्ये ६६ हजार २१५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।  

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ।  

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४१ लाख १ हजार जनामा कोरोना भाइरसका संक्रमित रहेका छन्। यस प्रकोपका कारण अमेरिकामा एक लाख ४६ हजार १८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ।

दक्षिण अमेरिकामा ३४ लाख ६३ हजार २४६ जना कोरोना भाइरस संक्रमति रहेका छन्। यहाँ एक लाख २७ हजार ४७ जनाको मृत्यु भएको छ। उत्तर अमेरिकामा ४८ लाख ५ हजार ८५९ जना कोरोना भाइरस संक्रमति रहेका छन्। यहाँ  दुई लाख १ हजार  ९०७ जनाको मृत्यु भएको छ।  

युरोपमा २७ लाख १७ हजार ९५० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख १५४ को मृत्यु भएको छ। एसिया ३६ लाख ६ हजार ३६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८४ हजार ६०४ जनाको मृत्यु भएको छ।

अफ्रिकामा सात लाख ७३ हजार ६५९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६ हजार ४८७ जनाको मृत्यु भएको छ।  ओसियानामा १४ हजार ९९८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १५५ जनाको मृत्यु भएको छ। 

प्रकाशित: ८ श्रावण २०७७ ०८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App