साउदी अरबका राजा सलमान बिन अब्दुलअजिजलाई अस्पताल भर्ना गरिएको छ ।
साउदीको सरकारी न्युज एजेन्सी एसपिएका अनुसार स्वास्थ्य जाँचका लागि ८४ वर्षीय राजा सलमानलाई राजधानी रियादस्थित फैसल स्पेसलिस्ट हस्पिटलमा भर्ना गरिएको हो ।
उनलाई पित्ताशय पोल्ने तथा सुन्निने समस्या भएकाले अस्पताल भर्ना गरिएको बताइएको छ । यसभन्दा बढी जानकारी दिइएको छैन ।
राज सलमान विश्वको सबैभन्दा ठूलो तेल आयातकर्ता मुलुकका शासक तथा सन् २०१५ यता अमेरिकाको नजिकको सहयोगी हुन् ।
प्रकाशित: ५ श्रावण २०७७ ०९:३५ सोमबार