अन्तर्राष्ट्रिय

बिहारमा लकडाउन १६ दिन लम्बियो

पछिल्ला दिनहरूमा कोरोना भाइरस क्रमितको संख्या ह्वात्तै बढेपछि नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारले १६ दिने लकडाउनको घोषणा गरेको छ। संक्रमितको संख्या २० हजारको हाराहारीमा पुगेपछि बिहार सरकारले मंगलबार लकडाउन गर्ने निर्णय गरेको हिन्दूस्तान टाइम्सले जनाएको छ।  

बिहारका उपमुख्यमन्त्री सुशिलकुमार मोदीले १६ जुलाईदेखि ३१ जुलाईसम्म गरिने यो लकडाउनका लागि निर्देशिका बनाइएको बताएका छन्। सार्वजनिक यातायता र भिडभाड हुने गतिविधिको आयोजना गर्न रोक लगाइएको छ। बिहारको पटना, भागलपुर र बेगुसरयामा सबैभन्दा बढी संक्रमित पाइएका छन्। भारतका अन्य राज्यबाट ठूलो संख्यामा प्रवासी कामदार बिहार फर्केपछि संक्रमण बढेको हो। भारतमा मंगलबारसम्म ९ लाख संक्रमित रहेका छन्, भने २३ हजार ७ सय २७ जनाको मृत्यु भएको छ।

प्रकाशित: ३१ असार २०७७ ०३:३१ बुधबार

लकडाउन बिहार