अन्तर्राष्ट्रिय

भारतका प्रधानमन्त्री मोदीलाई पूर्वप्रधानमन्त्री सिंहको सुझावः बोल्दा विचार पुर्‍याऊ

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशको सीमाका विषयमा बोल्दा विचार पुर्याउन सुझाव दिएका छन्।  

सीमा क्षेत्र गलवान उपत्यकामा चीनसँग झडप हुँदा २० भारतीय सैनिकको निधन भएको सन्दर्भमा वक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री सिंहले यस्ता विषयमा अभिव्यक्ति दिँदा शब्द चयनमा गम्भीर बन्न मोदीलाई सचेत गराएका हुन्।  

वक्तव्यमा सिंहले भनेका छन्, ‘प्रधानमन्त्रीले आफूले व्यक्त गरेका शब्दले देशको सुरक्षा एवं सामरिक र भूभागीय हितमा पर्ने असरप्रति सधैं ख्याल गर्नुपर्छ।’  

सरकारले गर्ने निर्णय र उठाउने कदमले आउने पुस्ताले उसको मूल्यांकन गर्ने उल्लेख गर्दै सिंहले अगाडि भनेका छन्, ‘हामी सरकारलाई आग्रह गर्छाैं कि कि भ्रामक प्रचार कहिल्यै पनि कूटनीति र बलियो नेतृत्वको विकल्प हुन सक्दैन। पछि लाग्ने कार्यकर्ताद्वारा गरिएको प्रचारित झुटको आडम्बरले सत्यलाई दबाउन सक्दैन।’

डा। सिंहले चिनियाँ सेनासँगको झडमा मारिएका २० सैनिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मातृभूमिको रक्षाका लागि उनीहरूको बलिदान व्यर्थ जान दिन नहुने बताएका छन्।

कांग्रेस नेता राहुल गान्धीले मनमोहन सिंहको यो वक्तव्यलाई ट्विट गरेका छन्।

प्रकाशित: ८ असार २०७७ ०७:२६ सोमबार

भारत-चीन सीमा विवाद