अन्तर्राष्ट्रिय

इन्डोनेसियामा डुंगा डुब्दा कम्तीमा १० जना बेपत्ता, खोजी जारी

फाइल तस्बिर

इन्डोनेसियामा डुंगा डुब्दा कम्तीमा १० जना बेपत्ता भएका छन्।  ६ जनाकाे भने सकुशल उद्धार गरिएकाे अधिकारीले जानकारी दिएका छन्। 

शनिबार इन्डोनेसियाली अधिकारीले सुन्ड्रा स्ट्रेटमा डुंगा दुर्घटना हुँदा कम्तीमा १० जना बेपत्ता भएकाे जानकारी दिएका हुन्। उनीहरूको खोजी भइरहेको छ। 

बान्टेन प्रान्तबाट राकाटा टापुतर्फ गइरहेका बेला चाइल्ड क्रयाकाटाउ ज्वालामुखी नजिक पुग्दा डुंगा डुबेको राष्ट्रिय खोज तथा उद्धार कार्यालयका प्रवक्ता युसुफ लाटिफले बताएका छन्।  

हराइरहेका १० यात्रुको खोजी गर्न दर्जनौं उद्धारकर्मी परिचालन गरिएकाे प्रवक्ता लाटिफले जानकारी दिए। घटनास्थलबाट अन्य ६ जनालाई भने सकुशल उद्धार गरिएको छ।  

इनडोनेसियामा पूराना डुंगा, बदलिइरहने मौसम र भारबहन क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण प्राय दुर्घटनाहरू हुने गर्छन्।

प्रकाशित: ६ असार २०७७ ११:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App