अन्तर्राष्ट्रिय

अमेरिकामा कोरोना महामारीको दोस्रो लहर सुरु हुने सन्त्रास

अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकामा जारी रंगभेदविरोधी प्रदर्शनका कारण केही हप्तायता त्यहाँ बढिरहेको कोरोना संक्रमणसम्बन्धी समाचार ओझेलमा परेका छन्।  

तर पछिल्ला केही दिनयता अमेरिकाका केही राज्यमा संक्रमण दर निकै बढिरहेको छ। जसका कारण त्यहाँ कोरोना महामारीको दोस्रो चरण सुरु हुन लागेको सन्त्रास फैलिएको छ।  

हुन त अमेरिकी उपराष्ट्रपति माइक पेन्सले यो डर अनावश्यक भएको दाबी गर्दै सञ्चारमाध्यमले अमेरिकी नागरिकलाई त्रसित पार्न ‘भयानक भविष्यवाणी’ गरेको आरोप लगाएका छन्।  

उसो भए अहिले अमेरिकाको अवस्था कस्तो छ त?  

अहिले पनि विश्वमै सबैभन्दा बढी कोरोना संक्रमण अमेरिकामै देखिएकाे छ। त्यहाँ संक्रमितको संख्या २२ लाखभन्दा बढी पुगिसेको छ, जुन विश्वकै एक चौथाइ हिस्सा हो।  

गत मार्चको अन्त्यतिर स्थिति भयावह भएको थियो। तर मेदेखि केही राज्यमा संक्रमणको दर घट्न थालेपछि कोरोना महामारी नियन्त्रणका लागि लागू गरिएका प्रतिबन्ध खुकलो पारियो।  

केही राज्यले महामारी नियन्त्रणका लागि प्रयास गरेकाले नयाँ संक्रमण हुने दर २० हजारभन्दा कम बनाएका थिए, तर अन्य राज्यमा भने संक्रमण बढिरहेको पाइएको छ। बीबीसी  

प्रकाशित: ६ असार २०७७ ०७:२६ शनिबार

काेराेना