अन्तर्राष्ट्रिय

कोरोना भाइरसबाट विश्वमा ४ लाख १९ हजार भन्दा बढीको मृत्यु, ७४ लाखभन्दा बढी संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १९ हजार ४१ पुगेको छ। साथै यस संक्रमणबाट विश्वभर ७४ लाख ५९ हजार ७१४ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ।  

बिहीबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३७ लाख ७८  हजार ५३७  जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३२ लाख ६२ हजार १६३ व्यक्ति उपचाररत रहेका छन्। संक्रमितहरुमा ५३ हजार ८८९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।  

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ६६ हजार ४०१ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन्।  यस प्रकोपका कारण अमेरिकामा १ लाख १५ हजार १३० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ।

दक्षिण अमेरिकामा १२ लाख ६७ हजार ८८५ जना कोरोना भाइरस संक्रमति रहेका छन्। यहाँ ५४ हजार ६४८ जनाको मृत्यु भएको छ। उत्तर अमेरिकामा २३ लाख ६१ हजार २५२ जना कोरोना भाइरस संक्रमति रहेका छन्। यहाँ १ लाख ४० हजार ३९२ जनाको मृत्यु भएको छ।  

युरोपमा २१ लाख ३९ हजार ७३८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८० हजार ९४१ को मृत्यु भएको छ। एसियामा १४ लाख ६९ हजार १८४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३७ हजार २०३ जनाको मृत्यु भएको छ।

 अफ्रिकामा २ लाख १२ हजार ९२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ हजार ७१८ जनाको मृत्यु भएको छ।  ओसियानामा ८ हजार ८९६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ।

प्रकाशित: २९ जेष्ठ २०७७ ०६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App