अन्तर्राष्ट्रिय

स्पेनी प्रधानमन्त्री सान्चेज लकडाउनकाे समय थप गर्न संसदको अनुमति पर्खंदै

स्पेनी प्रधानमन्त्री पेद्रो साञ्चेजले स्पेनमा अन्तिम पटक थप अन्तिम दुई साताका लागि लकडाउनको समय बढाउनका लागि संसदको अनुमति मागेको आइतबार सरकारी अधिकारीले जानकारी गराएका छन् ।

उनले स्पेनमा कोरोनाभाइरसको सङ्क्रमण तुलनात्मक रूपमा पहिलेभन्दा कम भउको भए पनि अझै पूर्ण नियन्त्रणमा आइ नसकेको भन्दै आगामी जुन २१ गतेसम्म बन्दाबन्दी (लकडाउन)लाई बढाउने सोचका साथ अघि बढेका छन् ।

स्पेनमा जुन ७ मा लकडाउनको अवधि सकिँदैछ । समाजवादी विचार राख्ने प्रधानमन्त्री साञ्चेजले आइतबार एक पत्रकार सम्मेलनमा आफुले लकडाउनको अवधिलाई अन्तिम पटक दुई हप्ता बढाउन चाहेको बताएका छन् ।

उनले कोभिड–१९ का कारण निकै ग्रस्त बनेको स्पेनले कोरोना भाइरसविरूद्धको लडाईको उत्तराद्र्धतिर पुगेको भएपनि समस्या पूर्ण नियन्त्रणमा भने आइनसकेको बताएका छन् ।

स्पेनी जनताले अन्त्तः कोरोनाविरूद्धको लडाईमा  हजारौ नागरिकको ज्यान गएपनि सावधानीका कारण थप धेरै क्षति हुन नसकेको उनले बताए ।

प्रधानमन्त्रीको प्रस्तावमाथि बुधबार संसदले निर्णय दिने अपेक्षा गरिएको छ । संसदमा प्रधानमन्त्रीको गठबनधन अल्पमतमा रहेकोले अन्य दलबाट समर्थन नभएमा प्रस्ताव पास हुन सक्दैन । मध्यवादी सिउदादेअस पार्टीको समर्थन भएमा संसदमा प्रस्ताव पारित हुनेछ ।

प्रकाशित: १८ जेष्ठ २०७७ १५:४६ आइतबार

लकडाउन स्पेन पेद्रो साञ्चेज