अन्तर्राष्ट्रिय

इजरायली प्रधानमन्त्री नेतन्याहुको भ्रष्टाचार मुद्दामा सुनुवाई सुरू

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि आइतबार सुनुवाई सुरू भएको छ। पहिलो दिनको सुनुवाई करिब एक घण्टा भएको इजरायली अधिकारीले बताएका छन्। 

सुनुवाईका क्रममा नेतन्याहुले आफ्नो पहिचानका बारेमा पुष्टि गर्ने खालका धारणा मात्र राखेका छन्। त्यसपछि अदालतले सुनुवाईलाई स्थगित गरेको थियो।

इजरायली राजनीतिमा अनुभवी नेता नेतन्याहुको पक्षमा वकालत गर्ने टोलीले प्रमाण समिक्षा गर्नका लागि प्रशस्त समयका लागि अनुरोध गरेका बताइएको छ।  

अदालतले अर्को सुनुवाईकाको लागि मिति निर्धारण नगरिकन सुनुवाईलाई स्थगित गरेको छ।

प्रकाशित: ११ जेष्ठ २०७७ १४:५५ आइतबार

भ्रष्टाचार बेन्जामिन नेतन्याहु