अन्तर्राष्ट्रिय

हवाई कारबाहीमा ६ तालिबान लडाकू मारिए

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको दुई वटा जिल्लामा लुकेर बसेका तालिबानी लडाकू लक्षित हवाई कारबाहीमा परी कम्तीमा ६ लडाकू मारिएका छन्।  यस कारबाहीमा परी अन्य १० तालिबान लडाकू घाइते भएका गृह मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।  

बुधबार राति कुन्दुज प्रान्तको इमाम साहिब र दश्त  ए आर्चीमा जिल्लामा भएको सो कारबाहीमा ६ लडाकू मारिनुको साथै अन्य १० घाइते भएका गृह मन्त्रायलद्धारा जारी विज्ञप्तिमा जनाइएको छ।  

यस हवाई कारबाहीमा लडाकू समूहले लुकाएर राखेका हतियार र गोला बारुदलगातायका समान नष्ट गरिएको थियो।  उक्त कारबाहीको क्रममा सैनिक वा सर्वसाधारण कुनै क्षति भएको छैन।

विगत केही दिनदेखि कुन्दुन्ज प्रान्तमा आतङ्ककारी कार्यमा सक्रिय रहेका तालिवान लडाकू समूहले भने यस विषयमा  कुनै टिप्पणी गरेका छैनन्।

प्रकाशित: ८ जेष्ठ २०७७ ०९:३९ बिहीबार

तालिबान लडाकू हवाई कारबाही