अन्तर्राष्ट्रिय

छिमेकी देशबाट स्वदेश फिर्ता भएका १० हजार थाई नागरिक क्वारेन्टाइनमा

छिमेकी देशहरुबाट फर्केका करिब १० हजार थाई नागरिकलाई तत्काल क्वारेन्टाइनमा राखिएको थाईल्याण्डका एक सरकारी अधिकारीले मंगलबार जानकारी दिएका छन् ।

थाईल्याण्डका सीमा क्षेत्रहरुमा गत अप्रिल  १८ देखि अड्किएका १० हजार २९८ व्यक्ति फर्किएकाे सरकारी अधिकारीहरुले जानकारी दिएका छन् 

कामको शिलशिलामा छिमेकी देश पुगेका र हाल कोभिड–१९ को कारण स्वदेश फर्केका ती थाई नागरिकलाई १४  दिनको लागि क्वारेन्टाइनमा राखिएको हो । स्वदेश फर्किएका ती नागरिकहरुमा मलेसियाबाट ८ हजार ९१२, म्यानमारबाट ६९१, लाओसबाट ३९९  क्याम्बोडियाबाट २९६ जना रहेका छन् ।  

गत महिनाको शुरुमा थाईल्याण्डको सीमा क्षेत्रमा नरहेका देशहरुबाट पनि  ६ हजार ७०० थाई नागरिक स्वदेश फर्किएका छन् । यी सवैलाई पनि १४ दिनको क्वारेन्टाइनमा राखिएको थियो ।

थाईल्याण्डका कोरोना भाइरसको कारण ३ हजार १७ जनामा संक्रमित रहेका छन् । यस प्रकोपका कारण ५६ मृत्यु भएको छ, भने २ हजार ७९८  निको भएर फर्किएका छन् ।

प्रकाशित: ३० वैशाख २०७७ १०:२८ मंगलबार

क्वारेन्टिन