अन्तर्राष्ट्रिय

दक्षिण कोरियाली विद्यार्थी छिटै विद्यालय फर्कने

सोल - दक्षिण कोरियाले विद्यायलहरुलाई आ–आफ्ना विद्यार्थीहरु फिर्ता बोलाउने अनुमति दिने बताइएको छ। देशमा कोरोना भाइरसको प्रकोप घट्दै गएकोले अर्को हप्तादेखि देशका विद्यालयहरु पुनः सञ्चालनमा ल्याइने जनाइएको छ।  

कोरोनाभाइरसको प्रकोप घट्दै गइरहेकोले मे १३ बाट उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरु र मे २० बाट निम्न माध्यामिक स्तरका विद्यार्थीहरुलाई विद्यालयमा आउने अनुमति दिइने शिक्षामन्त्री यो इअन हाएले सोमबार बताए।

दक्षिण कोरियामा कोरोना भाइरस फैलिएपछि करिव ५४ लाख विद्यार्थीहरुले गत अप्रिल ९ देखि अनलाइन कक्षा लिइरहेका छन्। दक्षिण कोरियाको हालका हप्ताहरूमा कोरोना भाइरसको प्रकोप निरन्तर रुपमा घटिरहेको छ। अधिकारीहरूले समाजिक दूरी नियमहरूमा पालाना गर्न सर्वसाधारणलाई आग्रह गरिरहेका छन्। 

 करिब एक हप्ता अगाडी दक्षिण कोरियाले आठ थप भाइरस संक्रमित भेटिएपछि १० हजार ८०० जनामा कोरोना भाइरस सक्रमण देखिएको छ। यस कोरोना भाइरस संक्रमणबाट दक्षिण कोरियामा २५२ जनाको मृत्यु भएको थियो। रासस

प्रकाशित: २२ वैशाख २०७७ ११:३९ सोमबार

दक्षिण_कोरिया विद्यार्थी काेराेना