अन्तर्राष्ट्रिय

बलिउड अभिनेता इरफान खानको निधन

काठमाडौं - बलिउड अभिनेता इरफान खानको निधन भएको छ। ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन अस्पतालमा निधन भएको हिन्दुस्तान टाइम्स्ले जनाएको छ।

उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो। गत शनिबार उनकी आमाको निधन भएको थियो।

प्रकाशित: १७ वैशाख २०७७ ०६:४३ बुधबार

इरफान_खान बलिउड निधन