अन्तर्राष्ट्रिय

नेता किमको अवस्थाबारे उत्तर कोरियाका मिडिया किन मौन ?

सौल- उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग उन गम्भिर विरामी परेको, निधन भएको समाचारहरु लगातार रुपमा आइरहेका छन्। तर ति समाचारप्रति उत्तर कोरियाली मिडियाले कुनै प्रतिक्रिया जनाएका छैनन्। पश्चिमा मिडियाहरुमा लगातार किम जोङ्ग उनबारे विभिन्न समाचार आइरहेका छन् तर राज्य नियन्त्रित कोरियाली संचार माध्यमहरुले कुनै पनि प्रतिक्रिया सार्वजानिक नगर्दा उनको स्वास्थ्य अवास्थाबारे अन्योलता झन् झन् बढ्दै गएको छ।

सीएनएनले नेता किमको स्वास्थ्य अत्यन्तै गम्भिर रहेको समाचार प्रसारण गरेको थियो भने दक्षिण कोरियाली संचार माध्यमहरुले पनि उनको अप्रिलको शुरूमा मुटुको सल्यक्रिया गरेको र उनि कोमामा रहेको दावी गरेका छन्। हंगकंगको समाचार संस्था स्याटेलाईट टेलिभिजनले किमको निधन भईसकेको दावी गरेको छ। उसले विश्वसनीय स्रोतको हवाला दिएर उनको निधन भएको जनाएको हो। त्यस्तै जापानी समाचार पत्रिका सुकन गेन्दाइले किमको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको दावी गरेको छ। दक्षिण कोरियाली र पश्चिमा मिडियाहरुको दावीलाई आधार मान्ने हो भने नेता किम गम्भिर बिरामी भएको अनुमान भने सहजै गर्न सकिन्छ। कोरिया र अमेरिकाको खुपिया एजेन्सीहरुले पनि उनको स्वास्थ्यामा समस्या रहेको निश्कर्ष निकाले पनि उनको वास्तविक अवस्था भने कसैले सार्वजनिक गर्न सकेका छैनन्।

उनको स्वास्थ्य बारे धेरै किसिममका 'हल्ला' हरु बाहिर आए पनि उनले अन्तिम पटक अप्रिल ११ मा सत्तारुढ मजदुर पार्टीको पोलिटब्युरो बैठकको अध्यक्षता गरेका थिए। तर अप्रिल १५ तारिख उत्तर कोरियाका संस्थापक नेता तथा उनका हजुरबुबा किम इल सुङ्गको जन्मदिनको भब्य समारोहमा भने उनि देखिएका थिएनन्। उनका हजुरबुबालाई उत्तर कोरियामा अत्यन्तै आधार भावका साथ सम्मान गरिन्छ भने नेता किमले पनि अत्यन्तै सम्मान गर्ने गर्दछन्। उक्त बिशेष समारोहमा उनको अनुपस्थिती प्रतिकुल स्वास्थ्य अवस्था नै मुख्य कारक भएको दक्षिण कोरियाली संचार माध्यमहरुको दावी छ। उता दक्षिण कोरिया सरकार र अमेरिकी राष्ट्रपती ट्रंपले उनको स्वास्थ्य अवस्थाबारे कुनै ठोस जानकरी नआएको बताएका छन्। पछिल्लो समय नेता किमसंग दक्षिण कोरियाली राष्ट्रपती मुन्जे ईन र ट्रंपसंग व्यक्तिगत सम्बन्ध 'राम्रो ' रहेको समाचारहरु सार्वजानिक भएका थिए।

प्रकाशित: १५ वैशाख २०७७ ०४:३० सोमबार

उत्तर_कोरिया किम_जोङ्ग_उन स्वास्थ्य