अन्तर्राष्ट्रिय

श्रीलंकामा आगामी जुन २० मा संसदीय निर्वाचन

कोलम्बो –– कोरोनाभाइरसको महामारीका कारण स्थगित गरिएको श्रीलंकाको संसदीय निर्वाचन आगामी जुन २० तारिखमा गरिने राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशप्रियाले घोषणा गरेका छन् ।

निर्वाचन आयोगमा सोमबार आयोजित निर्वाचन आयोगका पदाधिकारी र जिम्मेवार पार्टीका प्रतिनिधिहरु सम्मिलित बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा वरिष्ट स्वास्थ्य अधिकारीहरु, सुरक्षा निकायहरु, हुलाक सेवाका जिम्मेवार पदाधिकारीहरु, जिल्ला सचिवहरु तथा सरोकार भएकाहरुको पनि सहभागिता थियो ।

यसअघि संसदीय निर्वाचनका लागि अप्रिल २५ तारिखको दिन तोकिएको थियो । तर कोरोनाभाइरस महामारीका कारण सरकारले देशव्यापी कफ्र्यु लगाए पछि निर्वाचन कार्यक्रम प्रभावित भएको थियो । 

श्रीलंकामा गत मार्च ११ मा पहिलो घटना देखिएयता हालसम्म कोरोनाभाइरसबाट २९५ जना संक्रमित भएका र सात जनाको मृत्यु भएको छ । श्रीलंकामा देशभरका ४० भन्दा बढी केन्द्रहरुमा विदेशी सहित तीन हजार ५०० भन्दा बढी व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ ।रासस

प्रकाशित: ९ वैशाख २०७७ ०७:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App