अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्री बोरीस जोनसनलाई अक्सिजन दिन थालियो

लण्डन- बेलायतका प्रधानमन्त्री बोरीस जोनसनलाई अक्सिजन दिन थालिएको छ। कोरोना भाइरसको संक्रमणले विगत १० दिनदेखि आइसोलेसनमा रहेका जोनसनलाई आइतबार साँझ लण्डनस्थित एक अस्पतालमा भर्ना गरिएको थियो।

उनी डाउनिंग स्ट्रीट नजिकै सेन्ट थेम्ममा नाटकीय रूपमा भर्ना भएपछि प्रधानमन्त्रीको अवस्थाबारे चिन्ता बढ्दै गएका वेलायती संचारमाध्मले जनाएका छन्। उनको उपचारका खटिएका चिकित्सकहरुले पूर्वसावधानीको लागि अस्पताल भर्ना गरिएको दाबी गरेका छन्।

प्रकाशित: २४ चैत्र २०७६ ११:५९ सोमबार

बेलायती_प्रधानमन्त्री अक्सिजन