अन्तर्राष्ट्रिय

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

लण्डन - बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइतवार साँझ अस्पताल भर्ना भएका छन्। कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिनसम्म उनी घरमा नै क्वारेन्टाइनमा रहदै आएका थिए।

कोरोनाको लक्षणहरू उस्तै रहेको र तापक्रम पनि रहेकाले लन्डनस्थित अस्पतालमा पुर्‍याइएको हो। सावधानीको रुपमा यो कदम चालिएको बताइएको छ। तर हाल उनको अवस्था सामान्य रहेको सोमबार बताइएको छ। 

कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको उनका चिकित्सकले बताएका छन्। एपी   

प्रकाशित: २४ चैत्र २०७६ ०९:३६ सोमबार

कोरोना_भाइरस प्रधानमन्त्री क्वारेन्टाइन