अन्तर्राष्ट्रिय

चीनको कुन्शान शहरबाट स्पेनलाई स्वास्थ्य सामग्री सहयोग

नान्जिङ – चीनको जियाङ्सु प्रान्तको कुन्शान शहरले कोरोना भाइरस रोग विरुद्ध संघर्षरत स्पेनका लागि स्वास्थ्य सामग्री प्रदान गरेको स्थानीय नगर सरकारले जनाएको छ। नगर सरकारका अनुसार प्रदान गरिएको स्वास्थ्य सामग्रीहरुमा ५० हजार थान डिस्पोजेबल मास्क, ५ हजार थान ग्लोब र ५ हजार थान सुरक्षा पोशाक रहेका छन्। शाङ्घाईस्थित अग्रणी स्पेनी व्यावसायिक समूह मोन्द्रागोन कर्पोरेशनलाई उक्त सामग्री हस्तान्तरण गरिएको छ। 

मोन्द्रागोन कर्पोरेशनको ओर्कील इलेक्ट्रोनिक्स (कुन्शान) कम्पनीले दुवै देशबीचको प्रगाढ सम्बन्धलाई विचार गरी यी सामग्रीको अभाव रहे पनि स्पेनलाई प्रदान गरिएको जनाएको छ। गत जनवरीमा कोरोनाभाइरसको संक्रमण फैलिएसँगै कुन्शान मोन्द्रागोन औद्योगिक पार्कका धेरै स्पेनिस कम्पनीहरुले स्थानीय सरकारलाई अत्यावश्यकीय चिकित्सा सामग्री प्रदान गरेका थिए। 

गत महिना, मोन्द्रागोन कर्पोरेशनका साथै शाङ्घाई कार्यालयले २ हजार ९६० थान एन९५ मास्क, १०० थान सुरक्षात्मक पोशाक समेतका सामान क्विएनडेङ नगरलाई हस्तान्तरण गरेका थिए। सन् २०१० मा कुन्शान मोन्द्रागोन औद्योगिक पार्क कुन्शान सरकार र मोन्द्रागोनद्वारा संयुक्त रुपमा स्थापना गरिएको थियो। नान्जिङ

प्रकाशित: २४ चैत्र २०७६ ०७:५५ सोमबार

स्वास्थ्य_सामग्री चीन कोरोनाभाइरस