भेनिस – कोरोना भाइरस (कोभिड–१९) को प्रकोपले ‘लकडाउन’ भएपछि शान्त भएको इटालीको भेनिस सहरको नहरमा डल्फिन वर्षाैंपछि देखिएका छन्। कोरोनोको प्रकोप रोक्न दुई सातादेखि इटालीमा ‘लकडाउन’ गरिएको छ। कोरोना संक्रमणका कारण पर्यटकहरूको भिड रहने भेनिस सहर शान्त छ, जसका कारण त्यहाँको जनजीवन ठप्प छ।
इटालीमा हालसम्म कोरोना भाइरसबाट दुई हजार एक सयको ज्यान गइसकेको छ भने ३० हजार जना संक्रमित छन्। भेनिसमा मानवीय गतिविधि ठप्प हुँदा इटालीको सारदिनया प्रायद्धिप नजिकै रहेको क्यागलियारी बन्दरगाहमा डल्फिन देखिन थालेका हुन्।
मार्चको सुरुमा इटालीका प्रधानमन्त्री जिउस्पे कोन्टेले विशेष आदेश दिएर इटालियनहरूलाई अत्यावश्यक काम नपरी बाहिर ननिस्कन आदेश दिएका छन्। यसैगरी भेनिसमा मानिसको आवातजावत नहुँदा वायु प्रदूषणको स्तर पनि ह्वात्तै घटेको छ। वायुमा नाइट्रोजन डाइअक्साइडको मात्रा घटेपछि प्रदूषण कम भएको हो।
प्रकाशित: ६ चैत्र २०७६ ०१:२१ बिहीबार