अन्तर्राष्ट्रिय

अमेरिकी पत्रकारलाई चीनमा काम गर्न प्रतिबन्ध

बेइजिङ – अमेरिकामा केही चिनियाँ सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाएपछि प्रत्युत्तरमा चीनले तीन अमेरिकी पत्रिकासँग आबद्ध पत्रकारहरूलाई आफ्नो मुलुकमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। चिनियाँ विदेश मन्त्रालयले द न्युयोर्क टाइम्स, द वासिंटन पोस्ट र द वाल स्ट्रिट जर्नलका पत्रकारहरूलाई उनीहरूसँग रहेको सञ्चारकर्मीको अनुमतिपत्र १० दिन भित्र फिर्ता गर्न निर्देशन दिएको छ। मन्त्रालयले चीनमा उनीहरूको गतिविधिबारे पनि सूचना माग गरेको छ।

उक्त कदम अमेरिकामा ‘चिनियाँ सञ्चारमाध्यममाथि लगाइएको अनावश्यक प्रतिबन्धहरूको’ प्रतिक्रिया भएको चिनियाँ विदेश मन्त्रालयले बताएको छ। चीनका अर्धस्वायत्त क्षेत्र हङकङ र मकाउमा समेत ती अमेरिकी पत्रिकाका पत्रकारले काम गर्न नपाउनेगरी मन्त्रालयले प्रतिबन्ध लगाएको छ।

प्रकाशित: ६ चैत्र २०७६ ०१:२० बिहीबार

काेराेना_भाइरस अमेरिकी_पत्रकार प्रतिबन्ध चीन