अन्तर्राष्ट्रिय

चीनमा संक्रमण घट्दै, अन्यत्र बढ्दै

बेइजिङ – कोरोना भाइरस (कोभिड–१९) संक्रमणको मुख्यभूमि रहेको चीनमा पछिल्लो केही दिनयता संक्रमण घट्दै गएको छ। केही दिनअघिसम्म दैनिक सयौं बिरामी थपिने गरेकोमा १९ र मंगलबार २४ जना नयाँ संक्रमित भेटिएको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ।

चीनको तुलनामा दक्षिण कोरिया र जापानमा भने संक्रमण भने बढी छ। सिएनएनका अनुसार जापानमा ५४ जना नयाँ संक्रमित भेटिएका छन्। दक्षिण कोरियामा भने २४२ जना नयाँ बिरामीमा संक्रमण देखिएको त्यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन्। यससँगै त्यहाँ कूल संक्रमितको संख्या एक लाख २६ हजार पुगेको छ।

दक्षिण कोरियामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ। स्वास्थ्य अधिकारीका अनुसार कोरोना जिवाणुबाट संक्रमितमध्ये ४१ जना निको भएर घर फर्किएका छन्। अस्ट्रेलियामा बुधबारसम्म थप १२ जना संक्रमित भएका छन्। यससँगै त्यहाँ संक्रमितको संख्या एक सय १२ पुगेको स्वास्थ्य विभागले जनाएको छ। त्यहाँ कोरोनाबााट ज्यान गुमाउनेको संख्या तीन मात्रै रहेको विभागले उल्लेख गरेको छ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि १.५५ अर्ब अमेरिकी डलर रकम छुट््याइएको घोषणा गरेका छन्। उनले सरोकारवालासँग छलफल गरेर कोरोना नियन्त्रण र उपचारका लागि विभिन्न प्याकेज तयार पारिएको पनि जानकारी दिए।

प्रकाशित: २९ फाल्गुन २०७६ ०१:४६ बिहीबार

कोरोना_भाइरस संक्रमण कोभिड–१९