अन्तर्राष्ट्रिय

बेलायती स्वास्थ्य मन्त्रीलाई कोरोना सङ्क्रमण

लण्डन- बेलायतका स्वास्थ्य मन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ।

बिरामी स्वास्थ्य हेर्ने कनिष्ठ स्वास्थ्यमन्त्री डोरिज अहिले घरभित्रै अलग्गै बसिरहेको अधिकारीले जनाएका छन्। उनलाई के कसरी कोरोना भाइरसको सङ्क्रमण भयो भन्ने बारेमा स्पष्ट हुन नसकेको र अनुसन्धान भइरहेको अधिकारीको भनाइ छ।

बेलायतमा अहिलेसम्म ३८२ जनामा सङ्क्रमण भएको र छ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सिन्ह्वा

प्रकाशित: २८ फाल्गुन २०७६ ११:४० बुधबार

बेलायती_स्वास्थ्य_मन्त्री कोरोना_सङ्क्रमण