अन्तर्राष्ट्रिय

अमेरिकामा आँधीबाट दुई दर्जनको मृत्यु

वासिंटन – अमेरिकाको मध्यपूर्वी राज्य टेनेसीमा आएको आँधीमा परी २४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन्। स्थानीय समयअनुसार मंगलबार बिहानबाट आएको आँधीका कारण हालसम्म ज्यान गुमाउने व्यक्तिको संख्या २४ पुगेको बताइएको छ।

त्यहाँको भौतिक संरचनाहरूमा पनि व्यापक क्षति पुगेको छ। आँधीले उक्त राज्यको राजधानी न्यासभिलमा समेत व्यापक संरचनाहरूमा क्षति पु¥याएको अधिकारीहरूले जानकारी दिएका छन्। टेनेसीको विपद् व्यवस्थापन निकायका मेलिसा हक्सले आँधीले पु¥याएको क्षतिबारे भने, ‘ आँधीका कारण २४ व्यक्तिको मृत्यु भएको छ भने राज्यका चार ‘काउन्टी’मा भौतिक संरचनामा व्यापक क्षति पुगेको छ।’ न्यासभिलको अग्नि नियन्त्रण विभागले आँधीका कारण १४० भन्दा बढी भवन भत्किएका र कैयौ व्यक्ति भवन भग्नावशेषमा पुरिएको जनाएको छ।

प्रकाशित: २२ फाल्गुन २०७६ ०१:४२ बिहीबार

आँधी अमेरिका