अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा दुई विमान ठोक्किँदा चारको मृत्यु

मेलबर्न (एएफपी) – अस्ट्रेलियाको मेलबर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना विमान एकआपसमा ठोक्किँदा त्यसमा सवार चारै जनाको मृत्यु भएको छ।

प्रहरीले दुवै विमानमा एक–एक पाइलट तथा एक–एक जना यात्रु सवार रहेको जनाएको छ। ती दुई विमान म्यान्गालोर सहरमा करिब चार हजार फिटमाथि आकाशमा ठोक्किएका थिए। दुवै विमान कानुनीरूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भइरहेको अधिकारीले बताएका छन्।

प्रकाशित: ८ फाल्गुन २०७६ ०२:४५ बिहीबार

अस्ट्रेलिया विमान दुर्घटना