अन्तर्राष्ट्रिय

आकासमा विमान ठोक्किएपछि...

मेलबोर्न– अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ।    
    
प्रहरीले दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ । ती दुई बिमान म्यान्गालोर शहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए। दुबै बिमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भैरहेको अधिकारीहरुले बताएका छन्।   रासस/एएफपी 
 

प्रकाशित: ७ फाल्गुन २०७६ ०८:०६ बुधबार

विमान दुर्घटना ठक्कर