अन्तर्राष्ट्रिय

पेरुमा ट्याँकर विस्फोटबाट मृत्यु हुनेको संख्या ३० पुग्यो

लिमा– पेरुको लिमामा गत महिना भएको ग्याँस ट्याँकर विस्फोटबाट मृत्यु हुनेको संख्या ३० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत जनवरी २३ मा करिब १० हजार लिटर एलपिजी ग्याँस बोकेको ट्याँकर विस्फोट भएको थियो। सुरुमा दुई जना मात्र उक्त दुर्घटनामा मारिएका र ५० जना घाइते भएका थिए, तर अधिकाँश व्यक्तिका शरीर जलेका कारण मृत्यु हुनेको संख्या बढेको मन्त्रालयले जनाएको छ।

तिव्र गतिमा दौडेको ट्याँकर सडकका खाल्डाखुल्डीमा परेर ग्याँस चुहिएको अनुसन्धानकर्ताहरुले बताएका छन्। विस्फोटबाट भिल्ला एल साल्भाडोर जिल्लाका सडक किनाराका धेरैवटा घर र सवारी साधनमा क्षति पुगेको थियो।

सरकारी वकीलहरुले ट्याँकर चालक ७४ वर्षीय लुइस गुजमानमाथि कारबाही चलाउन मुद्दा दर्ता गरिसकेका छन्। एएफपी

 

प्रकाशित: २ फाल्गुन २०७६ ०७:१३ शुक्रबार

ट्याँकर_दुर्घटना मृत्यु