अन्तर्राष्ट्रिय

केरलामा कोरोनाः तीन हजार २५२ जना निगरानीमा

केरला – प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशंका गर्दै भारतको केरला राज्यस्थित स्वास्थ्य विभागले तीन हजार २५२ जनालाई निगरानीमा राखेको छ। विभागले तीमध्ये ३४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएको छ।

 विभागले ३४५ जनाको रगतको नमुना परीक्षण गर्दा ३२६ जनामा कोरोना भाइरसको सङ्क्रमण नदेखिएको बताएको छ। विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चीनबाट फर्किएका व्यक्तिको रक्त परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण देखिएन, र अनुगमनमा राखिएका व्यक्तिको रक्त परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ।” विज्ञप्तिमा चीनबाट फर्किएका व्यक्तिहरुलाई १८ दिनसम्म घरबाहिर हिँड्डुल नगर्न सल्लाह दिइएको र त्यसपछि नजिकको स्वास्थ्य केन्द्रमा जँचाउन भनिएको उल्लेख छ। थ्रिसुरस्थित सरकारी शिक्षण अस्पतालको विशेष वार्डमा राखिएका चीनबाट फर्किएका विद्यार्थीको प्रयोगशाला परीक्षण गर्दा कोरोना भाइरस (एन्कोभ) को सङ्क्रमण नदेखिएको अस्पतालले जनाएको छ। रासस/एएनआई

 

प्रकाशित: २७ माघ २०७६ ११:२४ सोमबार

कोरना केरला निगरानी