अन्तर्राष्ट्रिय

‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १२ सर्वसाधारणको मृत्यु

बैंकक- थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १२ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

आक्रमणकारी एक सिपाहीले सैनिक शिविरबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर शहर पसेको र अन्धाधुन्ध गोली चलाएको थाई सञ्चारमाध्यमहरूले स्थानीय प्रहरीलाई उद्धृत गरी उल्लेख गरेका छन्।

आक्रमणकारी सैनिकले शहरको एउटा व्यापारिक केन्द्रमा पनि प्रवेश गरेको र त्यहाँ रहेका पसलहरूमा जथाभावी गोली चलाएको प्रहरीले जनाएको बताइएको छ।

आक्रमणकारी भनिएका ती सैनिकले आक्रमणको क्रममा एउटा सेल्फी पनि लिएर सामाजिक सञ्जालमा राखेका प्रहरीले बताएको छ। सिन्ह्वा

 

प्रकाशित: २५ माघ २०७६ १४:०५ शनिबार

अन्धाधुन्ध_गोली सर्वसाधारण मृत्यु