अन्तर्राष्ट्रिय

कोरोना भाइरसको सूचना दिने डाक्टरको निधन

बेइजिङ -  चीनमा कोरोना भाइरसको संक्रमणको बारेमा चेतावनी दिने एक चिनीयाँ  डाक्टर वेनलियांगको बिहीबार यसै भाइरसका कारण मृत्यु भएको छ। वेनलियांकले  महामारीको बारेमा जानकारी दिएपछि प्रहरीले उनलाई चुप रहन आग्रह गरेको थियो। सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार ३४ वर्षिय वेनलियांगले अन्य डाक्टरलाई महामारीको बारेमा जानकारी दिएका थिए। उनको विहीबार चीनको बुहान सहरमा कोरोना भाइरसको कारण मृत्यु भयो।

उनी पहिलो ब्यत्ती थिए जसले पछिल्लो डिसेम्बरमा कोरोना भाइरस आउने कुराको जानकारी गराइका थिए।   वेनलियांगले आफ्नो चिकित्सा विद्यालयका सहकर्मीहरुलाइ भने कि स्थानीय समुन्द्री खानाहरु बजारमा आएको छ र यो खानेकुरा खाने ब्यत्तीमा  संक्रमण देखिएको छ र उनिहरुलाई अस्पतालको छुटै वार्डमा राखिएको छ। उनले बताए यो परीक्षणबाट यो भाइरस कोरोना समुहकोको हो भन्ने स्पष्ट पहिचान भयो। यही भाइरसका कारण  मे २००३ मा चीन लगायत पुरै दुनियाँमा ८०० ब्यत्तीको मृत्यु भएको थियो। 
     
वेनलियांकले यो भाइरसको बारेमा आफ्नो साथीहरुलाई  जानकारी दिदै आफ्नो परिवारसंग पनि सतर्क रहन आग्रह गरे। यो सन्देश केही घण्टामा नै भाइरल भयो। र प्रहरीले उनलाई यातना दिए। राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार भन्यो चिनमा यो भाइरसका कारण ६ सय बढीको मृत्यु भैसकेको छ।

प्रकाशित: २४ माघ २०७६ ०८:१७ शुक्रबार

कोरोना_भाइरस डाक्टर