अन्तर्राष्ट्रिय

अमेरिकी महिला अन्तरिक्ष यात्री एक वर्षपछि पृथ्वीमा अवतरण

अल्माटी, कजाकस्तान– अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब एक वर्ष बिताएर एक अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच बिहीबार पृथ्वीमा अवतरण गर्न लागेकी छन्। उनी सबैभन्दा बढी समय अन्तरिक्ष केन्द्रमा बिताउने पहिलो महिला अन्तरिक्ष यात्री हुन्।

अमेरिकी अन्तरिक्ष संस्था (नासा)की ४१ वर्षीया इन्जिनियर कोच कजाकस्तानमा अरु दुई अन्तरिक्ष यात्रीसहित अवतरण गर्न लागेको नासाले जनाएको छ। अन्य दुई सदस्यमा युरोपेली अन्तरिक्ष निकायका लुका पार्मिटानो र रसियाका अलेक्जान्डर स्केभोर्सोभ रहेका छन्। उनीहरु अन्तरिक्ष केन्द्रमा ३ सय २८ दिन रहेका थिए।

कोचले गत अक्टोबरमा नासाकै सहकर्मी जेस्सिका मायरसँग मिलेर अन्तरिक्ष केन्द्र बाहिर हिँडेकी ९स्पेसवाक० थिइन्। कुनै महिलाले अन्तरिक्षमा हिँडेको यो पहिलो अवसर पनि हो।

हालसम्म चार जना अन्तरिक्ष यात्रीले मात्र एक वर्ष वा सोभन्दा बढी अवधि अन्तरिक्षमा बिताएका छन्। रसियाका भ्यालेरी पोल्याकोभले मात्र हालसम्म सर्वाधिक ४ सय ३७ दिन अन्तरिक्ष केन्द्रमा बिताएकी छन्।

नासाका अन्तरिक्ष यात्री स्कट केलीले सन् २०१६ मा पृथ्वीमा फर्कनु अघि ३ सय ४० दिन अन्तरिक्ष केन्द्रमा बिताएकी थिइन्। एएफपी

 

प्रकाशित: २३ माघ २०७६ ०८:४२ बिहीबार

अमेरिकी_महिला_अन्तरिक्ष_यात्री अवतरण