अन्तर्राष्ट्रिय

चिनियाँ रेडक्रसद्वारा ८५ करोड युआन सहयोग स्वीकार

बेइजिङ– चीनको रेडक्रस सोसाइटी र रेडक्रस फाउन्डेसनले कोरोना भाइरसको महामारी नियन्त्रणको आवश्यकता र दाताहरूको इच्छा अनुसार भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि शुक्रबारसम्म  करिब ८५ करोड युआन (झन्डै १२ करोड ३३ लाख ७० हजार अमेरिकी डलर)को सामाजिक सहयोग स्वीकार गरेको शनिबार जनाएका छन् ।

कुल ८४ करोड ९७ लाख २० हजार युआन सहयोगमध्ये ६५ करोड ६९ लाख ६० हजार युआन नगद र १९ करोड २७ लाख ७० हजार युआन सामग्रीलाई सरूवा रोग नियन्त्रण कार्यालय र सहयोगदाताको इच्छा अनुसार आवश्यकता अनुसार प्रयोग गरिने रेडक्रसले जनाएको छ ।

चीनको रेडक्रस सोसाइटीले प्राप्त गरेको आठ करोड २९ लाख र फाउन्डेसनले ५७ करोड ६६ लाख ६७ हजार युआन सहयोग कोरोना भाइरस संक्रमणको केन्द्र हुबेईका साथै साङडोङ र चच्याङमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि खर्च गरिने बताइएको छ ।

सहयोग रकम संक्रमितको उपचारमा प्रत्यक्ष काम गरिरहेका चिकित्सकको सुरक्षाका लागि सामग्री र संक्रमण रोकथाम र नियन्त्रण शीर्षक तथा अस्पताल निर्माणमा नै खर्च हुने संस्थाले जनाएको छ । संस्थालाई तीन करोड ३३ लाख युआन बराबरको सामग्री सहयोग थियो, जुन खास प्रभावित हुबेई प्रान्तका वुहान, सियान र सिआओकन सहर र अन्य २२ प्रान्त र नगरहरूमा पठाइसकिएको छ । सिन्ह्वा

 

प्रकाशित: १९ माघ २०७६ ०४:३५ आइतबार

चिनियाँ_रेडक्रस सहयोग_स्वीकार