अन्तर्राष्ट्रिय

फाँसीको सजाय सुनाएपछि किन भाँचिन्छ पेनको निब

प्रायः फिल्ममा त देखिरहे कै दृश्य हो। जब दोषीलाई न्यायाधिसले फाँसीको सजाय सुनाउछन् तब उनले पेनको निब भाँचिदिन्छन्। तर यो दृश्य वास्तविक जीवनमा भएको छ। यसको सामान्य कारण हो कि त्यो पेनद्वारा फेरी दोस्रो व्यक्तिको फैसला नहोस। यही अपेक्षाका कारण पेनको निब भाँचिदिन्छन् न्यायाधिसहरु। जुन पेनको निबले कसैको जीवनको फैसला गर्‍यो त्यो पेन त्यही भाँचिदिने गरिन्छ।

यस्तो काम खासगरि भारतमा हुने गरेको देखिन्छ। भारतमा फाँसी एउटा यस्तो सजाय हो जुन व्यक्तिको जीवनको सबैभन्दा ठूलो र डर लाग्दो सजाय हो। भारतमा कसैले ठूलो गल्ती गरेपछि फाँसीको सजाय सुनाइने गरिन्छ। एक पटक सर्वोच्च अदालतका न्यायाधिसले फाँसीको सजाय सुनाएर पेन भाँचिदिए र आफ्नो फैसला परिवर्तन गरेनन्। न्यायाधिसको अर्थ यो हो कि अब फैसला अटल हुन्छ, जुनसुकै अवस्थामा पनि त्यो फेरिदैन। त्यसपछि अपराधीले निवेदन दिन सक्दैन। यदी निवेदन दिन चाहेमा अपराधीले राष्ट्रपतिलाई भने निवेदन दिन सक्छन्।

फाँसीको फन्दा एकदमै विशेष ठाँउबाट मगाइएको हुन्छ। जसलाई विहारको बक्सर जिल्लाको केही कैदीहरुले बनाएका हुन्छन्। फाँसी दिने समय भन्दा अलिकति अघि फाँसी दिने व्यक्ति अर्थात जल्लादले अपराधीको कानमा भन्छन्, 'मलाई माफ गरिदेउ, म हुकुमको गुलाम हुँ, मेरो आदेशको पालना हुने भए तपाईलाई नयाँ जीवन दिएर सधैं सत्यको मार्गमा हिंड्न सिकाउथे' यति भन्दै जल्लादले अपराधीको टाउको र मुख छोपिने गरि कालो रङगको कपडा बाँधेर फन्दा घाँटीमा बेरेर झुण्डाइदिन्छ। यसरी अपराधीलाई फाँसीको सजाय दिइन्छ। एजेन्सी

 

 

 

 

प्रकाशित: १७ माघ २०७६ ०७:१० शुक्रबार

फाँसी सजाय निब