अन्तर्राष्ट्रिय

चीनमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८० पुग्यो

बेइजिङ – चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८० पुगेको छ। चीनको मध्य सहर वुहानबाट सुरू भएको भाइरसको संक्रमण विश्वका विभिन्न १५ मुलुकमा फैलिएको छ। बिहीबार बिहानसम्म झण्डै साढे ७ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको चीनले बताएको छ।

संक्रमण नियन्त्रण जारी रहेका समय विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयसससँगको भेटवार्तामा राष्ट्रपति सीले कोरोना भाइरस संक्रमण फैलन रोक्ने कामको निर्देशन आफ्नै अगुवाइमा भइरहेको बताएका छन्। चिनियाँ राष्ट्रपति सी जिन्पिङले चीनले दुष्ट भाइरससँग लडिरहेको भन्दै सो लडाइँ आफ्नो देशले छिट्टै जित्नेमा आफू विश्वस्त रहेको बताएका छन्।

प्रकाशित: १६ माघ २०७६ ०६:२१ बिहीबार

कोरोना_भाइरस चीन