अन्तर्राष्ट्रिय

हर्षवर्द्धन श्रीङ्ला भारतीय विदेश सचिवमा नियुक्त

नयाँ दिल्ली, (एएनआई) – संयुक्त राज्य अमेरिकाका लागि भारतीय कुटनीतिज्ञ हर्षवर्द्धन श्रीङ्लालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेको छ।

नवनियुक्त सचिव हर्षवर्द्धनले कार्यभार ग्रहण गर्र्दै प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्रीको निर्देशनबमोजिम भारतको सर्वोत्तम हितका लागि कार्य गर्ने बताएका छन्।

‘म मन्त्रालयको भूमिकामा ३६ वर्षपहिले जुन जोस र उमंगसाथ भारतीय कर्मचारी प्रशासनमा प्रवेश गरेको थिएँ, त्यति नै ऊर्जाशील भएर राष्ट्र निर्माणका लागि खट्नेछु। मैले प्रधानमन्त्री मोदी र विदेशमन्त्री एस जयशंकरको मार्गदर्शनमा आफ्नो नयाँ जिम्मेवारीलाई सम्हाल्नेछु।’

विदेशसचिव विजय गोखलेको कार्यकाल समाप्त भएपछि भारत सरकारले विदेश मन्त्रालयका वरिष्ट कुटनीतिज्ञ श्रीङ्लालाई विदेश सचिवमा नियुक्त गर्ने गत महिना नै निर्णय गरेको थियो।
भारतीय विदेश मन्त्रालयले तरन्जित सिंह सन्धुआसलाई अमेरिकाका लागि भारतीय राजदूतमा नियुक्त गरेको छ।

प्रकाशित: १६ माघ २०७६ ०४:३० बिहीबार

भारतीय विदेश_सचिव