अन्तर्राष्ट्रिय

बस दुर्घटनामा सात भारतीयको मृत्यु

नयाँ दिल्ली (सिन्ह्वा) – भारतको पूर्वी राज्य उडिसामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा बसमा यात्रारत कम्तीमा सात जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएका छन्।

प्रहरीका अनुसार उडिसाको गनजम जिल्लाको तप्तपानी इलाकाको पहाडी क्षेत्रमा गुडिरहेको बस एकाएक खोल्सामा झरेको थियो।
बुधबार राति करिब ३.३० बजे उक्त दुर्घटना भएको थियो। घाइतेहरूलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ। भारतमा सवारी दुर्घटनाका कारण हरेक दिन चार सयभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ।

प्रकाशित: १६ माघ २०७६ ०४:२५ बिहीबार

बस_दुर्घटना