अन्तर्राष्ट्रिय

बग्दादस्थित अमेरिकी राजदूतावासमा रकेट प्रहार

बगदाद - इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावासमा रकेट प्रहार भएका छन्। राजदूतावासमा कम्तिमा पनि तीन वटा रकेट खसालिएको समाचार संस्था एएफपीलाई उदृत गर्दै बीबीसीले जनाएको छ। रकेट आक्रमणमा तीन जना घाइते भएको समाचारमा जनाइएको छ। घाइते तीन जना दूतावासका कर्मचारी हुनसक्ने अनुमान गरिएको छ। आक्रमणको कसैले पनि जिम्मा लिएका छैनन्।

अमेरिकी विदेश मन्त्रालयले एउटा विज्ञप्तिमा इरान समर्थित सशस्त्र समूहबाट खतरा भएको उल्लेख गरेको छ। तर विज्ञप्तिमा हताहत भएका व्यक्तिबारे कुनै जानकारी दिइएको छैन।इरान र अमेरिकाबीच बिगत केही हप्तादेखि तनाव जारी छ।

प्रकाशित: १३ माघ २०७६ ०६:३० सोमबार

अमेरिका_इरान रकेट_प्रहार