अन्तर्राष्ट्रिय

अफगानिस्तानमा हवाई आक्रमणमा १६ लडाकु मारिए

अफगानिस्तान (सिन्ह्वा)– अफगानिस्तानमा भएको हवाई आक्रमणमा परी कम्तीमा १६ लडाकु मारिएका छन्। तालिवान लडाकुको आश्रयस्थलका रूपमा चिनिने बाल्ख प्रान्तको बाल्ख जिल्लामा शनिबार दिउँसो भएको घटनामा परी उनीहरू मारिएका हुन्।

अफगानिस्तानको उत्तरी क्षेत्रका सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाईले आइतबार दिएको जानकारी अनुसार तालिवान लडाकुलाई नै लक्षित गरेर हवाई आक्रमण गरिएको जानकारी दिए। लडाकु लुकेर बसेको सूचना पाएपछि सुरक्षाकर्मीले त्यस क्षेत्रमा केही दिनदेखि सुरक्षा कारबाही चलाएका थिए।

घटनाका बारेमा तालिवान लडाकुको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। घटनास्थल केन्द्रीय राजधानी काबुलदेखि ३०५ किलोमिटर उत्तरतर्फ पर्छ।

प्रकाशित: १३ माघ २०७६ ०१:०६ सोमबार

अफगानिस्तान हवाई_आक्रमण