अन्तर्राष्ट्रिय

गर्भपतन बिरोधी र्‍यालीमा ट्रम्प

बार्सिटन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गर्भपतनको बिरोधमा आयोजना गरिएको र्‍यालीमा सहभागीहने पहिलो राष्ट्रपति बनेकाछन। गर्भपतनको बिरोध शुक्रबार अयोजितमार्च फर लाईफ नामगरिएको बार्षिक रुपमा आयोजना हुदै आएको र्‍यालीमा उनले भागलिएका हुन। आफनो बिरुद्ध महा अभियोगको प्रक्रिया छलफल भैरहेको क्यापिटल हिलनजिकै आयोजना गरिएको सो बिशाल र्‍यालीलाई सम्बोधन गर्दैे उनले भने, हामीयहां एउटा सामान्य उद्धेश्यको लागि भेलाभएको छौ, त्यो के हो भने हरेक जन्मने तथा नजन्मेका बच्चाहरुको अधिकार सुरक्षित हुनुपर्दछ। अमेरिकामा त्यहाको सर्बाेच्च अदालतले गर्भपतनलाई काननी हैसियत दिएको एक बर्ष पछि अर्थात  सन १९७४ देखि यस प्रकारको र्यालीको आयोजनाहुदै आएकोछ ।

त्यस बेला देखि अहिलेसम्म यो र्‍यालीमा अमेरिकाका राष्ट्रपति प्रत्यक्ष रुपमा सहभागी भएका थिएनन। तर तत्कालिन राष्ट्रपति जर्ज बुश र रोनाल्ड रेगनले अप्रत्यक्ष रुपमा सम्बोधनभने गरेका थिए। यस्तै यो र्‍यालीमा सहभागी हुने पहिलो उपराष्ट्रपतिमा माइक पेन्स रहेका छन, उनले सन २०१७को र्‍यालीमा सहभागिता जनाएका थिए। हजारौका सहभागीता रहने यो कार्यक्रममा राष्टपतिको सहभागीताले प्रदर्शनकारीहरुलाई ठुलो हौसला मिलेको थियो। यो बर्ष हुनलागेको चुनाबलाई मध्यनजर राखेर उनी यो र्‍यालीमा सहभागी भएको बिश्लेषक बताउछन। अमेरिकामा गर्भपतनको विरोध गर्नेको सख्या धेरै छ।

यो अपराधिक काम गरेका राष्ट्रपतिले आम जनताको ध्यान अन्यत्र मोडने हिसाबले गरेको सहभागिता हो र कट्रपन्थीको मतजित्ने प्रयाशमात्र हो।

र्‍यालीमा सहभागी प्रदर्शनकारीहरुले, फोर मोरयिसर्ज अर्थात अबको चार बर्ष, र वी लभ यु जस्ता नाराहरु लगाएका थिए।  उनीहरुले राष्टपतिको नारा मेक अमेरिका ग्रेट भन्ने लेखिएका टोपी लगाएका थिए भने वरपरका पसलहरुमा राष्ट्रपतिको फोटोभएका झण्डाहरुको बिक्रि भएको थियो। राष्ट्रपतिलाई समग्रमा समर्थन नगर्ने सहभागीहरुले उनको गर्भपतन प्रतिको धारणको भने प्रशसा गरेका थिए। र्‍यालीमा सहभागी जुलियाले बीबीसीलाई भनिन, म उनको समर्थन होइन तर उनका कारण यो अभियानले महत्व पाएको छ।  राष्ट्रपतिको यो सहभागिताले केही मतदातालाई प्रभाबपारी सकेको देखिएको छ।

टेनिसीबाट ९ घण्टाको यात्रा गरेर आएका जोस स्यानडोभल भन्छन, उनको यो सहभागिताले उनलाई हेर्ने मेरो दृष्टिकोणमा परिबर्तन भएको छ। उनले सन २०१६को चुनाबमा ट्रम्पलाई भोट दिएका थिएनन। न्यु हेम्पसायरबाट १० घण्टाको यात्रा गरेर राजधानी आएका आमा छोरी, मार्सी र जिनेटको धारणा पनि उस्तै छ। उनीहरु भन्छन, यदि उनको प्रतिस्पर्धि उम्मेदबारले गर्भपतनको पक्षमा बोले भने हामी ट्रम्पलाई भोट दिन्छौ। गभपर्तनको बिरोध गर्ने जनसमुदायले सन २०१६को चुनाबमा बर्तमान राष्ट्रपतिको पक्षमा मतदान गरेका थिए।

प्रोच्वाईस अमेरिकाका अध्यक्ष इल्से होगको धारण भने फरक छ। उनी भन्छन, यो अपराधिक काम गरेका राष्ट्रपतिले आम जनताको ध्यान अन्यत्र मोडने हिसाबले गरेको सहभागिता हो र कट्रपन्थीको मतजित्ने प्रयाशमात्र हो। गर्भपतनको बिषयमा अमेरिकका प्रतिस्पर्धी दल डेमोक्र्याट र रिपब्लिकन फरक मत राख्छन। डेमोक्र्याटहरु गर्भपतनको पक्षमा रहेका छन्।

प्रकाशित: १२ माघ २०७६ ०२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App