अन्तर्राष्ट्रिय

टर्कीमा शक्तिशाली भूकम्प, कम्तिमा १९ जनाको मृत्यु

स्तानबुल - टर्कीमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने ६ सयभन्दा बढी घाइते भएका छन्। सीएनएनकाअनुसार शुक्रबार साँझ एलाजिग प्रान्तको सिभ्रिस सहर केन्द्रविन्दु भएर ६.८ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्पबाट दर्जनौ भवन भत्किएका छन्।

भूकम्पको धक्का छिमेकी सिरिया, लेबनान र इरानसम्म महसुस भएको अन्र्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। भूकम्प पछि पीडितहरूको राहत र उद्धारको काम भैरहेको त्यहाँको सरकारी निकायलाई उदृत गर्दै सीएनएनले जनाएको छ।

प्रकाशित: ११ माघ २०७६ ०५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App