अन्तर्राष्ट्रिय

चार जनालाई मृत्युदण्ड दिइँदैं, गरुण पुराण सुनाउन अनुमति मागियो

नयाँ दिल्ली - निर्भया बलात्कार प्रकरणमा दोषी पाइएका चार जनालाई गरुणपुराण सुनाउन तिहाड जेल प्रशासनसँग अनुमति मागिएको छ। १२ जनवरीमा कारागार प्रशासनलार्इ पत्र लेख्दै गरुणपुराण सुनाउन अनुमति मागिएको हो। हालसम्म उक्त पत्रको प्रशासनबाट कुनै जवाफ नआएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

दिल्लीको पटियाला हाउस कोर्टले निर्भयाको सामूहिक बलात्कार र हत्या प्रकरणमा दोषी पाइएका विनय शर्मा, मुकेश कुमार, अक्षय कुमार र पवनलाई १ फेब्रुवरीका लागि डेथ वारेन्ट जारी गरेको थियो। सोही दिन बिहान ६ बजे चारै जनालाई फँसीमा चढाइने छ। गरुण पुराण मृत्युपश्चात १३ दिनसम्म सुनाइने गरिन्छ।

प्रकाशित: ५ माघ २०७६ ०७:०७ आइतबार

निर्भया_हत्या_प्रकरण गरुण_पुराण